७ कार्तिक २०८३, शनिबार

दिदीले नमानेपछि बहिनीको बलात्कार, यसरी भयो दिदीसँग सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape-Sexकाभ्रे, २७ असार । काभ्रेमा एक बालिका आफ्नै दिदीको सहमतिमा बलात्कृत भएकी छिन् ।

दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले उनकी ९ वर्षीया बाहिनीलाई बलात्कार गरेका हुन् । बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गमुेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।

सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।

ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले उनकी बहिनी बलात्कार गरेका हुन् । उक्त सय रुपैयाँ दिदीलाई दिएर उनले बहिनीलाई जंगलतिर लगेका थिए ।

घटना प्रहरी सम्म पुगेको छ । प्रहरी ति वृृद्धलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।