२० कार्तिक २०८३, शुक्रबार

संसदमा सभासदको प्रश्न, प्रधानमन्त्रीको जवाफ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address the Nationकाठमाडौँ, २७ असार । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ आज दिँदैछन् ।

सरकारले आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रममाथि शुक्रबारबाट भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ आज साँझ ५ बजे जवाफ दिने संसद सचिवालयले जानकारी दिएको छ ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको सङ्ख्या उल्लेख्य भएकाले बैठक आइतबार बिहान १०।३० बजेका लागि बोलाइएको छ ।

साँझसम्म सांसदहरुले धारणा राख्ने क्रम सकिने र प्रधानमन्त्रीले जवाफ दिने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

प्रधानमन्त्रीले जवाफ दिएपछि सरकारको नीति तथा कार्यक्रम पारित हुनेछ । सरकारको नीति तथा कार्यक्रममाथि एक दर्जनभन्दा बढी संशोधन परेको छ । सरकारले यही असार २३ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।