२० कार्तिक २०८३, शुक्रबार

माओवादीको किल्लामा बम विस्फोट हुँदा एक जनाको मृत्यु, ६ गम्भीर घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa-bazzarकाठमाडौँ, २६ असार । तत्कालीन १० वर्षे जनयुद्धमा माओवादी किल्ला मानिने रोल्पामा रहस्यमय ढंगबाट बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

थवाङस्थित फुन्टिबाङको एक घरमा शनिवार विहान बम फिस्फोट हुँदा एक जनाको मृत्यु हुनुका साथै ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटमा परी घर मालिक श्रीप्रसाद घर्तीको ज्यान गएको हो । विस्फोटमा परी मृतकको शरीर क्षत विच्छेद भएको थियो भने हात चोइटिएर उछिट्टीएको थियो । बमले घर पूर्ण रुपमा ध्वस्त बनाएको छ ।

बम विस्फोटबाट घाइँते भएका श्रीप्रसादकी पत्नी लयन घर्ती, छोरी सोदेशी बुढा, बुहारी अस्मिता घर्ती, रोल्पाकै कुरेली निवासी श्रीप्रसादका ज्वाइँ राजधन बुढा र छिमेकी ४८ वर्षीय धने झाँक्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घर एकान्तमा रहेको प्रहरीको भनाई छ । अहिलेसम्म बम बिस्फोटबारे कुनै कारण खुल्ल नसकेको रोल्पाका प्रहरी नायव उपरीक्षक रमेश थापाले टेलिफोनमा दैनिक नेपाललाई बताए । सदरमुकामबाट घटनास्थल पुग्नको लागि दुई दिन लाग्ने भएकाले अहिलेसम्म कारण खुल्न नसकेको उनले बताए ।

सदरमुकामबाट सेनाको टिम पनि घटनास्थलतर्फ लागेको उनले बताए । द्धन्द्धकालमा उक्त ठाउँ माओवादीको पकेट क्षेत्रको रुपमा चिनिन्थ्यो ।