
काठमाडौँ, २६ असार । व्यवस्थापिका-संसद्को आजको बैठक स्थगित भएको छ ।
एकीकृत नेकपा (माओवादी)का सभासद अमनलाल मोदीले बैठकको सुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी नियमापत्ति जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गर्नुभएको हो ।
बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएपछि बैठक स्थगन गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने प्रावधान छ । आजको बैठकमा पनि सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रम माथिको छलफल हुने कार्यक्रम थियो ।















प्रतिक्रिया