३० आश्विन २०८३, शुक्रबार

नेपाली समाज ओमानद्वारा ९ लाख बढीको राहत हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help-oman

– पशुपति जीसी 

ओमान । प्रवासी नेपालीहरु संगठन नेपाली समाज ओमानले विनाशकारी भूकम्पबाट पीडित नेपालका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

भूकम्पपीडितहरुलाई राहत स्वरुप आर्थिक सहयोग गर्न नेपाली राजदूताबास ओमानले सञ्चालन गरेको राहत संकलन अभियानमा ओमानमा प्रवासी नेपालीहरुको सबैभन्दा पुरानो संस्था सन् २००३ मा स्थापित नेपाली समाज ओमानले ९ लाख ८ हजार ५०७ रुपैंया हस्तान्तरण गरेको छ ।

उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाउन ओमानको मस्कट स्थित नेपाली राजदूतावासको कार्यालयमा बुझाएको हो । साथै गोर्खा बरपाक घर भई बिगत केहि वर्षदेखि ओमानमा कार्यरत सरिता गुरुङ मिर्मिरे सांस्कृतिक परिवार ओमान कि कलाकार सदस्य पनि हुनुहुन्थ्यो ।

उहाँको घर पनि भूकम्पबाट क्षतिग्रस्त भएकाले समाजले आफ्नो आन्तरिक सहयोगमार्फत २६ हजार रुपैंया सहयोग गरेको समाजका अध्यक्ष लिलानाथ कोईरालाले बताए ।

कोईरालाले भने-‘यो सहयोग वास्तविक पीडितहरू समक्ष पारदर्शी रूपमा सरकारले पूर्याओस र पुनर्निर्माण र पूर्नबास को कार्य शिघ्र रूपमा अगाडी बढाओस ।’ राहत संकलन कार्यमा सहयोग गर्ने समाजका सदस्यहरू र स्वदेशी तथा बिदेशी सहयोगीहरूलाई समाजले आभार व्यक्त गरेको छ ।