७ कार्तिक २०८३, शनिबार

गणेश-उज्जन पत्रकारिता पुरस्कार कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्टका पत्रकारलाई 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u0f]z?pHhg -e'jg_ sf] c7f/f}F jflif{s :d[ltdf cfh cfof]lht ?u0f]z?pHhg :d[lt kqsfl/tf k'/:sf/4f/f k'/:s[t cGgk"0f{ kf]i6 b}lgssf afns'df/ g]kfn, sflGtk'/ b}lgssf 3gZofd v8sf / gful/s b}lgssf kljqf ;'gf/ . ;fydf /fli6«o dfgj clwsf/ cfof]usf cWoIf cg'k/fh zdf{nuft . tl:a/ M sflnsf v8sf÷/f;;

काठमाडौं, २५ असार । यस वर्षको गणेश–उज्जन स्मृति पत्रकारितका पुरस्कार कानुन र मानव अधिकारका क्षेत्रमा कलम चलाउने ‘अन्नपूर्ण पोष्ट’ दैनिकका बालकुमार नेपाल, ‘कान्तिपुर’ दैनिकका घनश्याम खड्का र ‘नागरिक’ दैनिकका पवित्रा सुनारलाई प्रदान गरिएको छ । उहाँहरुलाई जनही ११ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

Ganesh-Ujjan-Smriti-Pratisthan-ghanshyam-khadka

१८औं गणेश–उज्जन (भुवन) को वार्षिक स्मृतिको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहबिच पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा पुरस्कृत पत्रकारद्वय नेपाल र खड्काले श्रेष्ठ दाजुभाइको हत्याका समाचार लेख्दा धम्कीपूर्ण फोन र सन्देश आउने गरे पनि अन्यायविरुद्ध कलम चलाउन नडराएको स्मरण गरे ।

Ganesh-Ujjan-Smriti-Pratisthan2

प्रतिष्ठानले श्रेष्ठ दाजुभाइका स्मरणमा प्रत्येक वर्ष कानुन र मानव अधिकार क्षेत्रमा कलम चलाउने तीन पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

Ganesh-Ujjan-Smriti-Pratisthan1

सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष अनुपराज शर्माले नयाँ संविधानमा मृत्यदण्ड दिने कानुन बनाउन नहुनेमा जोड दिए । उनले तत्कालीन राणा प्रधानमन्त्री भीमशम्शेर राणाले १९८० सालमै मत्युदण्ड उन्मूलन गरेकाले त्यसलाई पुनःदोहो¥याउन नहुने बताउ“दै सजाय बढाउन सकिने तर्क गरे ।

Ganesh-Ujjan-Smriti-Pratisthan3

सभासद् रामहरि खतिवडा, यज्ञराज सुनुवार लगायतले हत्या, बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई छुट हुने संविधान ल्याउन नहुने धारणा राखे ।

Sabitri-shrestha

गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान अध्यक्ष सावित्री श्रेष्ठले भाइको हत्या भएको १८ वर्षसम्म पनि न्याय अनुभूति हुन नपाएको गुनासो पोखिन् । सर्वोच्च अदालतले न्याय दिए पनि सरकारले उन्मुक्ति दिएको आरोप लगाउ“दै उनले एउटा परिवारका तीनको हत्या हुुँदा, बन्दुक पड्काएर घर भत्काइँदा, १८ वर्षसम्म पीडितले न्याय नपाउँदा पनि ‘किन अपराधीलाई आममाफी दिने कानुन बनाइँदै छ ?’ भन्दै समारोहमै भक्कानिइन् ।अठार वर्षअघि ओखलढुंगा पोकली गाविसमा श्रेष्ठ दाजुभाइको हत्या भएको थियो ।