७ कार्तिक २०८३, शनिबार

कांग्रेसको महाधिवेशन फेरि सर्‍यो, अब असोजमा हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, २५ असार । नेपाली काँग्रेसले १३औँ केन्द्रीय महाधिवेशन आगामी असोजको २ देखि ५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । यसअघि २०७१ फागुन ६ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भदौ २४ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

संशोधित कार्यतालिका अनुसार देशभर नगर वडा, गाउँ र नगर अधिवेशन आगामी भदौ १ गते, क्षेत्रीय अधिवेशन भदौ ७ र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषि तिवारीले जानकारी दिनुभयो । काँग्रेसको १२औँ महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भई पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित हुनुभएको थियो । रासस