डोटी, २५ असार । डोटीमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन् ।
आफ्नै ६ महिनाको छोरीलाई मारेर गाड्ने लडागडा–९ बस्ने ३८ बर्षीय कान्ते भन्ने रवि साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका साउदले विहीबार घरमा श्रीमती र छोराछोरीलाई कुटपिट गरी ६ महिनाकी छोरी हरिना साउदलाई घरदेखि अंदाजी ५ सय मिटर टाढा रहेको गेड्डा खोलामा मारेर गाडेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया