महोत्तरी, २५ असार । विवाहको प्रलोभनमा पारेर विवाहित महिलालाई भारत बेच्न लैजान लागेका एक युवक पक्राउ परेका छन् ।
विवाह गर्छु भनी महिलालाई ललाई फकाई भारततर्फ लैजान खोज्ने सर्लाही गौरीशंकर–२ घर भएका २८ बर्षीय बिरेन्द्र बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
बैठाले उदयपुर गाईघाट घर भई धरान भानु चोकको ताप्लेजुङ होटलमा काम गर्ने ३० बर्षीया महिलालाई विवाह गर्छु भनी भारततर्फ लैजान लागेको अवस्थामा प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले विहीबार चेकजाँच गर्ने क्रममा सम्सी–४ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया