काठमाडौं, २५ असार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको इज्जत जोगाउन प्रजातान्त्रिक योद्धाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
बुटवल निवासी नेपाली काँग्रेसका नेता पूर्व सांसद सूर्यप्रसाद प्रधानको जीवनीमा आधारित ‘समाजसेवी तथा राजनीतिज्ञ ः सूर्यप्रसाद प्रधान’ पुस्तकको आज बुटवलमा विमोचन गर्दै उहाँले सूर्यप्रसाद प्रधानजस्ता व्यक्तिका कारण नै पार्टी चलेको टिप्पणी गर्नुभयो ।
निष्ठाको राजनीतिको अर्को नाम सूर्यप्रसाद भएको धारणा राख्दै उहाँले प्रधानले सामाजिक राजनीतिक तथा विकास निर्माणमा पु¥याउनुभएको योगदानको चर्चा गर्नु भयो ।
सबै दलबीच सहमति भएमा संविधान जारी गर्नु अगाडि नै सङ्घीयताको सीमाङ्कनमा कुनै समस्या नभएको बताउँदै उहाँले आठ प्रदेशमा अहिले पनि आफ्नो बिमति कायमै रहेको र धेरै प्रदेश बनाउँदा मुलुकलाई धान्न गाह्रो हुने धारणा राख्नुभयो ।
उपसभापति पौडेलले लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान निर्माणको प्रक्रिया अगाडि बढेको र अब केही समयमा जनताका माझमा मस्यौदा आउन लागेकाले संविधानमा के कुरा संशोधन परिमार्जन गर्नुपर्ने हो राम्रोसँग अध्ययन गरेर सुझाव दिन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा संविधानसभा सदस्य अब्दुल रज्जाकले सूर्यप्रसादजस्ता नेताकै कारण पार्टीको साख राम्रो रहेको बताउनुभयो ।












प्रतिक्रिया