७ कार्तिक २०८३, शनिबार

बस्ती स्थानान्तरण गर्न सेना परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-senaनुवाकोट, २५ असार । भूकम्पको कम्पन र लगातारको वर्षात्को कारण पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रक्रियाअन्तर्गत सुरक्षाकर्मीको टोली मनकामना पुगेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी फिकुरीबाट खटिएका प्रहरीले मनकामनाका विभिन्न गाउँमा रहेका भूकम्पपीडितलाई सुरक्षित स्थानमा अस्थायी वासस्थान निर्माण गरी स्थानान्तरण गर्न सुरु गरेको हो ।

सुरक्षाकर्मीको टोलीले तीन महिने अस्थायी स्थानान्तरणअन्तर्गत सम्बन्धित गाविसकै सुरक्षित स्थानमा १० परिवारका लागि संयुक्त आवास निर्माण गरी अस्थायी शिविरमा न्यूनतम पूर्वाधारको समेत बन्दोबस्ती गराउन सुरक्षाकर्मीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभएको छ ।

अस्थायी शिविरमा सुरक्षाकर्मीले आवासगृह, शौचालय, खानेपानी, विद्यार्थीका लागि अस्थायी केन्द्रलगायतको व्यवस्था मिलाउने गरी स्थानीय स्रोत जुटाएको छ ।

यसैबीच, भूकम्पका कारण पीडित भएका नुवाकोटको दुर्गम गाविस भाल्चेका नागरिकले उचित राहत नपाएजस्तै अहिले पुनःस्थापनामा सहयोग नपाएको गुनासो गरेका छन् ।

नुवाकोट प्रशासनले राहत वितरणमा विभेद गरेको गुनासो गर्दै आएका भाल्चेका भूकम्पपीडितले पहिरोको जोखिममा रहेको बस्ती स्थानान्तरण, अस्थायी टहरा निर्माणका लागि राज्यले उपलब्ध गराउने रु १५ हजार राहत समयमै नपाएको भन्दै दुःखेसो गरेका हुन् ।

भाल्चेका अधिकांश घर भूकम्पले पुरिएकाले प्रशासनले उपलब्ध गराएको केही राहत सकिँदा अहिले खानको समस्या भएको स्थानीयवासीले बताएका छन् । रासस