७ कार्तिक २०८३, शनिबार

भेडाच्यांग्रासँग गोठमा आएको कस्तुरी सदर चिडियाखाना पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kasturiमुस्ताङ, २५ असार । मुस्ताङको मुक्तिनाथ गाविसस्थित लोप्रा लेकबाट नियन्त्रणमा लिइएको कस्तुरीको पाठालाई सदर चिडियाखाना जाउलाखेलको जिम्मा लगाएको छ ।

भेडाबाख्राको बथानसँगै गोठमा आएका करिब एक महिनाको उक्त पाठालाई गोठालाले अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० लाई जानकारी गराएपछि त्यहाँबाट खटिएका प्राविधिकले नियन्त्रण लिएर जोमसोम ल्याएका थिए ।

त्यहाँ सामान्य स्वास्थ्य परीक्षणपछि जङ्गलमा छोडेर पनि बाँच्न सक्ने अवस्था नरहेको पाइएपछि चिडियाखानाको जिम्मा लगाएको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । एक्याप प्रमुख कुइँकेलले भन्नुभयो, “चिडियाखानामा लगेपछि आम नेपालीले हेर्न पाउँछ भनेर यस्तो निर्णय गरेका हौँ ।” लेकमा भेडाको बथान चरनका लागि जाँदा माउ भागेर जाँदा पाठा एक्लै भएर भेडासँगै गोठ फर्केको हुनसक्ने अनुमान गरिएको छ । रासस