७ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति र बेलायती सैनिक सहचारीबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-office

काठमाडौं, २४ असार । प्रधानसेनापति गौरव शम्शेर राणा र नेपालका लागि नवनियुक्त बेलायती सैनिक सहचारी कोल ल्यान लोगनबीच भेटवार्ता भएको छ ।

विहीबार सैनिक मुख्यालय जंगी अड्डामा नबनियुक्त सहचारी कोल ल्यान लोगनले प्रधानसेनापति राणासँग भेटवार्ता गरेका गरेका हुन् । भेटवार्तामा नेपाली सेना र वेलायती सेनाबीच रहँदै आएको मैत्रीपुर्ण सम्बन्ध र आपसी सहयोग तथा हितका विषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ

भेटघाट कार्यक्रममा आफ्नो कार्यकाल पुरा गरि स्वदेश फर्किन लागेका काठमाडौस्थित बेलायती राजदूतावासमा कार्यरत बेलायती सैनिक सहचारी को सेन ह्यारिसले बिदाई भेट गरेका थिए ।