३० आश्विन २०८३, शुक्रबार

दक्षिण कोरियामा नेपाली कामदारको तलब डेढ लाख पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea-eps-bhasa– अर्जुन बराल
सोल । दक्षिण कोरियामा कार्यरत मजदुरको तलबमा ८.१ प्रतिशतले वृद्धि भएको छ ।

तलब वृद्धिसँगै नेपाली कामदारको तलबमा पनि वृद्धि भएको छ । कोरिया ज्यालादर निर्धारण समितिका अनुसार आगामी वर्ष २०१६देखि लागू हुने नियमानुसार नेपाली कामदारको तलब १२ लाख ६० हजार २७० वन अर्थात डेढ लाख नेपाली रुपैयाँ पुगेको हो ।

यसअघि कोरियामा न्युनतम ज्यालादर एक लाख थियो । दक्षिण कोरियामा कार्यरत मजदुरको ज्यालादर सन् २०१६ का लागि ज्यालादर निर्धारण समितिको ११ औ पटकसम्मको बैठकमा मजदुर पक्ष केसिटियु, कम्पनी ब्यवस्थापन पक्ष र सरकार पक्षकाबीचमा आपसी समझदारी हुन नसकेका कारण मजदुर पक्षलाई अलग्याई ब्यबस्थापन र सरकारले बिहीबार बिहान १ बजे समितिको कार्यालय थेजनमा मतदान मार्फत ८.१ प्रतिशत अर्थात ४५० वन बृद्धि गरी प्रतिघण्टा ६०३० वन गराएको छ ।

बृद्धि गरिएको ज्यालाअनुसार अब मजदुरले प्रतिदिन आठघण्टा काम गरेबापत मासिक रुपमा १२ लाख ६० हजार २७० वन जनवरीदेखि पाउने भएका छन् । जुन बृद्धि गरिएको ज्यालादर सन् २००९ देखिकै उच्च हो । यसअघि मजदुर पक्ष केसिटियुले आठ हजार एकसय वन हुनुपर्ने माग राख्दै आएको थियो तर मजदुर पक्षलाई मतदानमा सामेल नै नगराई एकोले आफूहरु सन्तुष्ट हुन नसकेको कारणले बिरोध स्वरुप श्रममन्त्री समक्ष बिरोधपत्र पेश गर्ने जनाएको छ ।