७ कार्तिक २०८३, शनिबार

जीपले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeधनगढी, २४ असार । इलाका प्रहरी कार्यालय भजनी (कैलाली)मा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु भएको छ ।

कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे४प९३९४ नं को मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठक्करबाट घाइते ऐरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बाजुरा जिल्ला बादु गाविस घर भएका ऐरीले विसं २०६१ मा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । रासस