चितवन, २४ असार । चितवनमा एक युवक चाइनिज पेस्तोलसहित पक्राउ परेका छन् ।
भरतपुर उपमहानगरपालिका–३ स्थित होटल होलिडेबाट बारा कोल्वी नगरपालिका–६ बस्ने २२ बर्षीय सन्तोष कुँवरलाई प्रहरीले मेडइन चाइना लेखेको पेस्तोल १ थान, सोको गोली १ राउण्ड र म्याग्जिन १ थान सहित पक्राउ गरेको छ ।
उक्त होटलमा कुँवर हतियार सहित बसेको भन्ने बिशेष खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले गएराति उनी बसेको ४०३ नम्वरको कोठा तलासी गर्दा उक्त पेस्तोल, गोली र म्याग्जिन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया