२९ आश्विन २०८३, बिहिबार

सुनचाँदीको मुल्य घटेको घट्यै, कति पुग्यो तोलाको ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २४ असार । पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर घटिरहेको छ ।

अन्तराष्ट्रिय बजारको मूल्य ओरालो लागेसँगै नेपालमा पनि सुनचाँदीको मुल्य निरन्तर घटिरहेको हो । सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनचाँदीको भाउ घटिरहेको छ ।

नेपालमा एक महिनामै सुनको मुल्यमा ३ देखि ४ हजारले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको प्रतितोला ३ सय रुपैंयाँ तथा चाँदीको तोलामा २० रुपैंयाँले मूल्य घटेको छ ।

नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोलाको ५० हजार ५ सय, तेजावी सुनको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने, चाँदी प्रतितोलाको ६ सय ६५ रुपैंयाँ पुगेको छ । मुल्य घटेसँगै बजारमा सुनचाँदीको कारोबार बढेको व्यवसायी दीपेन्द्र सुनारले दैनिक नेपाललाई जानकारी दिए ।