काठमाडौं, २३ असार । राजधानीको घण्टाघर स्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीबीच खुकुरी हानाहान भएको छ । आर्थिक लेनदेनका विषयमा आपसी झगडा पर्दा स्ववियू विद्यार्थी नेताबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।
कलेज अगाडि खुकुरी हानाहान हुँदा दुई विद्यार्थी नेता घाईते भएका छन् । प्रहरीका अनुसार आर्थिक विषयमा विवाद बढेपछि स्ववियू सह सचिव जनक सिंह समुह र हिक्मत रोकायासमुहबीच कलेजकै अगाडि खुकुरी हानाहान भएको थियो ।
घटनामा सिंहको टाउकोमा चोट लागेको छ भने रोकायको हातमा चोट लागेको छ । घटना लगत्तै उपचार गर्न मोनमोहन अस्पतालमा पुगेका रोकायालाई प्रहरीले आजै पक्राउ गरेको छ । उनको हातमा सामान्य चोट लागेको थियो । टाउकोमा चोट लागेका सिंहको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार घटनामा खुकुरी हान्ने अमित महत र प्रेम क्षेत्री फरार छन् । या घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया