७ कार्तिक २०८३, शनिबार

खोलाले बगाएर श्रीमान् श्रीमती बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ratu-kholaगुलरिया (बर्दिया), २३ असार । बर्दियाको सूर्यपटुवा गाविसस्थित खौरहवा खोलामा माछा मार्ने क्रममा आज खोलाले बगाउँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सूर्यपटुवा गाविस–४ डल्ला गाउँका सरजु थारु र उनकी श्रीमती फूलकुमारी थारु रहेको बर्दियाका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिनुभयो ।

खोलामा माछा मारिरहेको अवस्थामा एक्कासि बाढी आउँदा उनीहरूलाई बगाएको जनाइएको छ । उनीहरूको प्रहरी टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रयोग गरी खोजी गरिरहेको उपरीक्षक परियारले जानकारी दिनुभयो । रासस