मुम्बई । बलिउड अभिनेता शाहिद कपूरले दिल्ली गर्ल मीरा राजपूतसँग मंगलबार विवाह गरेका छन् ।
अनौठाको कुरा के भने विवाहभन्दा पहिला शाहिदले मीरालाई लगाइदिएको औठी २३ लाख रुपैयाँ भारुको रहेको खुलेको छ । खबर अनुसार दिल्लीको एक ज्वैलर्समा शाहिद कपूरले आफ्नी श्रीमतीका लागि स्पेशल औठी बनाएका थिए । त्यो नै २३ लाखको औठी थियो ।
उनले मिराको हातमा पहिला त्यो औठी कसेर लगाएका थिए । त्यसपछि मात्रै सात फेरि लगाएर सिउँदोमा सिन्दुर हाली उनलाई आफ्नो बनाएका थिए ।















प्रतिक्रिया