काठमाडौं । अफ्रीकाको सहेल रेगिस्तानका आदिवासीले हरेक वर्ष अनौठो चाडपर्व मनाउने गर्छन् ।
रेगिस्तानमा बस्दै आएका वोदाब्बे नामका जनजाति हरेक वर्ष यस्तो चाडपर्व मनाउँछन्, जसमा पुरुष तन मन र धन लगाएर परपुरुषकी श्रीमतीलाई पट्याउने कोसिश गर्छन् । यदि पुरुष पट्याउन सफल भएमा महिलाहरु उनीहरुसँगै भागेर पोइल जान्छन् । समुदायका अगुवा त्यसपछि भागेका दुबैलाई खोजेर विवाह पनि गरिदिन्छन् । तर, यहाँ एउटा कुराको ख्याल राख्नुपर्छ कि महिलाका पूर्व पतिलाई यो कुराको जानकारी हुनु हुँदैन् ।
पुरुष यो मेलाको अवधिभर महिलाको मन जित्ने विभिन्न फरक फरक तरिका अपनाउँछन् । कैयौ पुरुष त नयाँ नयाँ आधुनिक कपडा लगाएर आफूसँग ऐना पनि ल्याएर आउँछन् । यो बेला एउटा खास डान्स पनि हुन्छ, जसलाई याके भनिन्छ । यो मेला हेर्न संसारभरीका कयौं देशका नागरिक आउने गरेको समाचारमा जनाइएको छ । एजेन्सी

















प्रतिक्रिया