७ कार्तिक २०८३, शनिबार

बसले ठक्कर दिँदा काठमाडौंमा ३ वर्षीय बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । बसको ठक्करबाट राजधानीमा एक बालकको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अुनसार गोकर्णेश्वर नगरपालिका-१३ जोरपाटी ओरालोमा बा.१ ख ३३१० नम्वरको बसले मंगलबार सोही ठाउँ डेरा गरी बस्ने सर्लाही घारीबनथान-६ घर भएका चक्र बहादुर पाख्रिनको ३ बर्षीय छोरा सन्तोष पाख्रिनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते बालकको शंखरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।