७ कार्तिक २०८३, शनिबार

भूकम्पबाट आज थप एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौं, २३ असार । दोलखामा भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका धक्काले क्षतविक्षत बनाएको घर भत्किदा आज भीमेश्वर नगरपालिका-१० चरिकोटस्थित मुख्य सडकमा श्रीकृष्ण थामीको मृत्यु भएको हो ।

सोही ठाउँका रामबहादुर बुढाथोकीको पाँचतले घरबाट इँटा र झ्यालढोका निकाल्ने आज विहान गएको भूकम्पको धक्काले घर भत्किँदा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्किदा सुस्ता खेमावती-८ का ४३ वर्षीय मानवीर थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आज विहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।