ओमान । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि तत्काल राहत संकलन अभियानमा जुटेको प्रवासी नेपाली मञ्च ओमानले हाल सम्म ३ लाख २६ हजार २८० रुपैयाँ जुटाएर नेपाल पठाएको छ ।
उक्त अभियान अन्तर्गत कुल उठेको रकम १ हजार २ सय २८ रुपैयाँ २ पैसा ओमानी रियल मध्ये प्रधानमन्त्री राहत कोषमा ओमानी रियल ५७६.५ अर्थात १ लाख ५२ हजार नेपाली रूपैंया नेपाली राजदुतावासको कार्यालय बुझाइएको छ भने बाँकि ६५१.७ रियल अर्थात १ लाख ७४ हजार २८० नेपाली रूपैया दुर्इ किस्ता गरी नेकपा एमालेको केन्द्रीय प्राकृतिक विपत्ति राहत कोषको खाता नं ०२१०३००७१७९१७०१० मा जम्मा गरिएको जानकारी प्रवासी नेपाली मञ्च ओमानका महासचिब सोम कृष्ण श्रेष्ठले दिनुभएको छ ।
साथै मञ्चले एक बक्तब्य जारी गरि गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि चलिरहेका परकम्पनहरूका कारण नेपालमा ठूलो धन जनको क्षति भएको र उक्त विनाशकारी प्रकोपबाट बन्न पुगेका पीडितहरू र तीनका पीडाहरूलाई केहि हद सम्म कम गर्न सकिन्छ कि भन्ने हेतुले राहत संकलन गर्ने अभियान प्रवासी नेपाली मञ्च ओमानले चलाएको थियो ।
पीडितहरुका पीडालाई केहि हद सम्म भएपनि कम गर्न प्रवासी नेपाली मञ्च ओमान सफल भएको उल्लेख गरेको छ । उक्त राहत संकलन अभियानमा साथ दिनु हुने सम्पुर्ण नेपाली तथा बिदेश नागरिकहरूलाई हार्दिक धन्यवाद दिँदै फेरी फेरि पनि यस्ता खालका सहयोगका अपेक्षा राखेको र यो कार्यमा तदारूकताका साथ खटेर लाग्नु हुने मञ्चका सम्पुर्ण सदस्यलाई उच्च मुल्याङ्कनका साथ स–सम्मान हार्दिक कृतज्ञता ज्ञापन ब्यक्त गर्दै धन्यवाद दिएको छ ।



















प्रतिक्रिया