काठमाडौं, २३ असार । नेपाल प्रहरीले योग्यता पुगेका शिक्षित बेरोजगार युवाका लागि प्रहरी सहायक निरीक्षक पदमा भर्ना खोलेको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताबाट छनोट गर्नेगरी १५३ जनाका लागि भर्ना खोलिएको प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले जनाएको छ ।
भर्ना तथा छनौट शाखाका अनुसार खुल्लातर्फ ५२, अमर/अशक्त/प्रहरीे परिवारतर्फ ३, समावेशीतर्फका आदिवासी जनजातीबाट २१, मधेसीबाट १९, महिलाबाट १४, दलितबाट १० र पिछडिएको क्षेत्रबाट ४ जना गरी जम्मा १५३ जनाका लागि प्रहरी सहायक निरीक्षक पदमा भर्ना खोलिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले साउन १ देखि ३० गतेसम्म आवेदन फाराम बुझाउन शाखाले आग्रह गरेको छ ।
यस्तो छ प्रहरीको मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले मागेको योग्यता :
प्रहरी सहायक निरीक्षक (प्रशासन) पदको नयाँ भर्ना सम्बन्धी सूचनाः
७. अन्य आवश्यक योग्यताहरुः-
क) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाँय नपाएको ।
ख) मानव अधिकार र मानवीय कानुनको उल्लङघ् नमा सजाय नपाएको ।
ग) राजनीतिक दलको सदस्य नरहेको ।
घ) आतङ्ककारी संगठनको सदस्य नरहेको ।
ङ) उचाई, छाती र तौलः
पुरुषः उचाई घटीमा ५ फिट २ इन्च, छाती नफुलाउंदा ३१ फुलाउंदा ३३ इन्च, तौल कम्तीमा ५० के.जी.
महिलाः उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
च) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
छ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको
(परीक्षा सञ्चालनको क्रममा प्रारम्भिक/विस्तृत/विशेष स्वास्थ्य परिक्षण परीक्षामा हुने )
८. दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरुः-
क) नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
ख) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो ५ प्रति ।
ग) आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र (प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजिनल प्रमाण–पत्र र मार्कशिट सहित) तथा नेपाल बाहिर अध्ययन गरेको हकमा त्रि.वि.वि.बाट समकक्षता निर्धारणको प्रमाण पत्र Equivalent Certificate) को प्रतिलिपि १/१ प्रति ।
घ) आदिवासी/जनजातिको लागि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान वा जिल्ला प्रशासन कार्यालयबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
ङ) दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
च) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सुचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण-पत्रको प्रतिलिपि ।
छ) पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोवास गरी सम्वन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण पत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाको वखत सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
ज) दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनि उम्मेदवार स्वयंले दस्तखत गरी प्रमाणित गर्नु पर्ने छ ।
झ) अमर/अशक्त प्रहरी परिवारको लागि अमर/अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र (प्रहरी नियमावली २०७१ (संशोधन सहित) निमय २ (क) र (ढ) को परिभाषा भित्र पर्ने) ।
९. परीक्षा विधिः-
प्रारम्भिक स्वास्थ्य परीक्षण/शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा, विस्तृत स्वास्थ्य परिक्षण परीक्षा, लिखित परीक्षा, विशेष स्वास्थ्य परिक्षण परीक्षा र अन्तर्वार्ता ।
१०. सम्पर्क मिति तथा स्थानः-
मिति २०७२/०५/१५ गते दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरु तथा नेपाल प्रहरीको वेभ साईट www.nepalpolice.gov.np मा समेत हेर्न सकिने छ ।
















प्रतिक्रिया