२९ आश्विन २०८३, बिहिबार

राजधनीका मदिरा प्रेमीलाई मरेको सिनो र हड्डीको रक्सी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksi Bhattiकाठमाडौं, २३ असार । जोरपाटी नयाँ बस्ती अखाद्य वस्तुबाट उत्पादन गर्दै आएको रक्सी भट्टीमा बौद्ध प्रहरी महानगरीय वृत्तले छापा मारेको छ ।

मानव जीवनमाथि खेबाड गर्ने गरी अवैधरुपमा सञ्चालन गर्दै आएको रक्सी भट्टीमा मरेको सिनो, सखर, झुत्रो कपडा, बोरा, प्लाष्टिक, हड्डी, महिला रजस्वला भएका बेला प्रयोग गरिएका कपडाजस्ता अखाद्य वस्तु भेटिएको प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएको समाचार राजधानी दैनिकले छापेको छ ।

भट्टी सञ्चालक सावित्री तामाङ र खम्साङ तामाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।