७ कार्तिक २०८३, शनिबार

बागलुङमा पनि नयाँ भूकम्प, सदरमुकाम नै हल्लायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-earthquake काठमाडौं, २२ असार । नेपालमा मंगलबारै फेरि नयाँ भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा आजै अपराह्न ३ बजेर २१ मिनेट जाँदा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

यसअघि आजै विहान ९ बजेर ३१ मिनेट जाँदा बाजुराको मदना आसपास केन्द्रबिन्दु भएको ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

बागलुङबाट हाम्रा सम्वाददाता रविना बोहराले दिएको जानकारी अनुसार भूकम्पबाट सदरमुकाम नै हल्लिएको छ । भूकम्पले सर्वसाधारणमा नयाँ त्रास थपेको छ । उनका अनुसार भूकम्पको धक्का पछि स्थानीयहरु घर छाडेर बाहिर बसिरहेका छन् ।

earth-quake