वीरगन्ज(पर्सा), २२ असार । विद्युत् मर्मतका क्रममा पर्सामा आज दिउँसो एकजना प्राविधिकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्लाको चोर्नी गाविसमा रहेको विद्युत्को तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा कार्यरत प्राविधिक रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो ।
मर्मतका क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगन्ज मेडिकल कलेजमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया