सुरुङ्गा (झापा), २२ असार । बिर्तामोड नगरपालिकाका एक व्यवसायीलाई अपहरण गरी रु ६० लाख फिरौती माग्ने गिरोहमध्येका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–१ का राजदीप सुवेदी र वडा नं २ का कमला मास्के रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरूले यही असार १५ गते बिर्तामोड–६ का रवि अग्रवाललाई अपहरण तथा शरीर बन्धक बनाएर रु ६० लाख फिरौती मागेको बताइएको छ ।
उनीहरूलाई बिर्तामोडस्थित मुक्तिचोकबाट यही असार २० गते पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया