रौतहट, २२ असार । भूकम्पपीडितलाई राहत दिने भन्दै सर्वसाधारणलाई ठग्दै गरेको अवस्थामा प्रहरीले तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
स्थानीय फतुवा हर्षाहा गाविसको दुधिअवा गाविसका सर्वसाधारणलाई भारत सरकारको एकदेखि दुई लाख रुपैयाँका तर्फबाट राहत दिने भन्दै फारम भराउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले भारत विहार राज्यको पूर्वी चम्पारण थाना बस्ने २५ वर्षीय सुजीत कुमार, २० वर्षीय सन्दिपकुमार कुश्वाहा र रञ्जितकुमार कुश्वाहालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
उनीहरुले सो क्षेत्रका ३७ जनालाई प्रलोभनमा पारी ठगी गरेको बताइएको छ । उनीहरुको साथबाट प्रहरीले तीन थान मोबाइल, एटिएम कार्ड, भीसा कार्ड र नक्कली परिचयपत्रसमेत बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । रासस















प्रतिक्रिया