७ कार्तिक २०८३, शनिबार

गौशालामा आफ्नै बुहारीको जवानीमा ससुरा फिदा भएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २२ असार । आफ्नै बुहारीलाई जर्बजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले भरतपुरबाट ससुरालाई आज पक्राउ गरेको छ ।

भरतपुर गाविस–८ बस्ने ५४ वर्षीय रामदुलार चौरसियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायब निरीक्षक रामबाबु यादवले बताउनुभयो ।

घरमा सुतिरहेको बेला २२ वर्षीेया बुहारीलाई चौरसियाले जर्बजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि स्थानीयले पीडितको उद्धार गरेका थिए भने चौरसियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

विगत चार महिनादेखि श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला बुहारलाई पटकपटक शारीरिक र मानसिक यातना दिँदै उनीमाथि यौन दुव्र्यवहार गर्ने प्रयास गर्दै आएको पीडितले बताएकी छिन् ।

पक्राउ परेका चौरसियामाथि जर्बजस्ती करणी मुद्दा चलाई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताउनुभयो । रासस