७ कार्तिक २०८३, शनिबार

सौताको नाबालक छोराको हत्या गर्ने श्रीमान र कान्छी श्रीमती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २२ असार । नाबालक छोराको हत्या गरेको आरोपमा सल्यान कालागाउँ–२ का दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालागाउँ–२ का ३० वर्षका जीतबहादुर बस्नेत र उनकी कान्छी श्रीमती ३० वर्षकी सीता बस्नेत रहेको प्रहरीले जनाएको छ ।

बस्नेत दम्पतीले जेठी श्रीमती चन्द्रकलाको एक महिनाको छोरालाई पानीमा डुबाएर हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुले गत शनिबार घरमै पानीमा डुबाएर छोराको हत्या गरेको प्रहरीको दाबी छ । जेठी श्रीमती चन्द्रकलाबाट पाँच जना छोरी मात्रै जन्मेको भन्दै जीतबहादुरले दुई वर्षअघि दोस्रो विवाह गरेका थिए ।

गत मङ्सिरमा कान्छीबाट छोरो जन्मिएको र गएको महिना जेठीबाट पनि छोरो जन्मिएपछि कान्छी पत्नी सीताले पटकपटक धम्की दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस