२० कार्तिक २०८३, शुक्रबार

‘जसरी भएपनि साउनभित्रै संविधान आउँछ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardकाठमाडौँ, २२ असार । प्रधानमन्त्री सुशील कोइरालाले आगामी साउन महिनाभित्रै नेपालको नयाँ संविधान जारी हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग उहाँले देशमा छिट्टै संविधान जारी हुने भएकाले त्यसपछिको विकासमा सहयात्री बन्न आग्रह गर्नुभयो ।

‘सबैले आफ्नो पेट काटेर दिएको रकम दुरुपयोग नहोस् भनेर लागेको छु’–प्रधानमन्त्री कोइरालाले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफू सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो– ‘सरकारका हरेक निकायमा पारदर्शीता, जवाफदेहिता र मितव्ययिता होस् भन्ने मेरो चाहना रहेको छ । मैले पहिले धेरै विवादमा आएकाले आर्थिक सहायता र चन्दा दिने परम्परा नै बन्द गरिदिएँ ।’

भूकम्पपीडितका लागि स्वदेश तथा विदेशी दाताहरुबाट प्राप्त सहयोग रकम सदुपयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्री कोइरालाले संविधान आउने विश्वास व्यक्त गर्दै संविधान जारी भएपछि मुलुक शान्ति, स्थिरता, विकासको मार्गमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मुुलुकले ८/१० वर्षमा कोल्टे फेर्छ ।”