काठमाडौँ, २२ असार । ट्रक र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-३१ कमलपोखरी स्थित कृष्ण पाउरोटी चोकमा ना.१ ख ९६२९ नम्वरको पानी ट्याङकरले सोमबार बा.५५ प ९७६० नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–४ चुच्चेधारा बस्ने ६२ बर्षीय महेन्द्र केशरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका केशरीको अन्नपूर्ण न्यूरो अस्पताल माईतीघरमा उपचारकै क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया