७ कार्तिक २०८३, शनिबार

पत्नी रिसाएर माइत गएपछि गौशालामा पतिद्वारा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २२ असार । महोत्तरीको गौशालामा एक पुरुषले मंगलबार झुण्डिएर आत्महत्या गरेका छन् । गौशालाको मनरा गाविसमा एक युवककी पत्नी माइत गएको निहुँमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् ।

मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीन/चार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकोमा सोही निहुँमा साहले आज बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।

मृतक युवक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस