७ कार्तिक २०८३, शनिबार

श्रीमती अर्कै पुरुषसँग पोइल गएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, २२ असार । कञ्चनपुरको भीमदत्तनगर बजारमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

सोमबार भीमदत्तनगर बजारको गल्ली नम्बर ४ मा एक स्थानीयवासीको घर नजिकै भीमदत्तनगरपालिकाको भगतपुरमा बस्दै आएका झयाक्रे चौधरी मृत अवस्थामा भेटिएका हुन् ।

श्रीमती अर्कै पुरुषसँग पोइल गएपछि बजारक्षेत्रमा दैनिक ज्यालादारी÷मजदुरी गर्दै आएका चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।