७ कार्तिक २०८३, शनिबार

भूकम्पले घरखेतमा चिरा पारेपछि सयौं परिवारको उठीबास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-house
फाइल तस्वीर ।

दमौली, २२ असार । गत वैशाखमा आएको भूकम्पले तनहुँको विकट छिम्केश्वरी र छिपछिपे गाविसका केही डाँडामा चिरा पारेपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।

वर्षा लागिसकेकाले पहिरो आई ठूलो जनधनको क्षति हुन सक्ने भन्दै एक दर्जन घरका बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले तनहुँको छिपछिपे र छिम्केश्वरी गाविसमा भूकम्पले चिरा पारेपछि बस्तीलाई अन्यत्र सार्ने काम भइरहेको बताउनुभयो ।

सम्बन्धित गाविस सचिवलाई ती बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएको जानकारी उहाँले दिनुभयो । तनहँुकै रुपाकोटको खाल्टे र आँबुखैरेनीको साँखरमा समेत भूकम्पले चिरा पारेको जानकारीमा आएपछि संसदीय अनुगमन र भूगर्भविद्को टोली पठाई स्थलगत अध्ययन गर्ने काम भइसकेको जिल्ला दैवी प्रकोप उद्धार समिति तनहुँले जनाएको छ । रासस