७ कार्तिक २०८३, शनिबार

क्यानडा लैजान लागिएको पन्ध्र किलो चरेससहित एयरपोर्टबाट दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-Nepalकाठमाडौँ, २२ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबई हुँदै क्यानडा पठाउन लागिएको १५ किलो चरेससहित दुई नेपालीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

एयर दुबईको उडान नं ५७२ बाट पठाउन लागिएको चरेस प्रहरीको विशेष सुराकीका आधारमा आज राति ९ः३० बजे बरामद गरिएको हो । डिएचएल कुरियरमार्फत विमानस्थलबाट पठाउन लागिएको सो चरेस हालसम्मकै ठूलो परिणामको भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरको सजावटमा प्रयोग गरिने सामानभित्र लुकाइछिपाई पठाउन लागिएको चरेस एक्सरे मेसिनबाट पत्ता लागेको थियो । अभियुक्त दुई नेपाली पक्राउ गरिए पनि अनुसन्धान जारी रहेका कारण उनीहरुको पहिचान भने खुलाइएको छैन । रासस