२० कार्तिक २०८३, शुक्रबार

नयाँ संविधानको मस्यौदामा गगन थापाको फरक मत, यस्तो छ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaकाठमाडौँ, २२ असार । नेपाली काँग्रेसका युवा नेता तथा संविधान मस्यौदा समितिका सदस्य गगन थापाले द्रुतमार्गबाट संविधान बनाउने निर्णय सकारात्मक भएको र यो बाटो बिराउनु होइन भन्नुभएको छ ।

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाका सम्बन्धमा संविधानसभाको बैठकमा उहाँले सङ्घीयता र सीमाङ्कनको काम पनि संविधानसभाबाटै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै द्रुतमार्गका नाममा ती विषयलाई थाती राख्न नहुने बताउनुभयो ।

जनताको रायसुझावका लागि गएका बखत नै ती विषयलाई निरुपण गर्नुपर्ने र मस्यौदालाई परिष्कृत गर्न संविधानसभा सदस्यले प्रस्तुत गरेका सुझाव पनि समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । “मस्यौदामा पेस भएका फरक मत संविधानलाई सर्वस्वीकार्य एवम् समृद्ध बनाउने उद्देश्यले आएका हुन्, महिलाको अंश र बंशको अधिकारलाई कुण्ठित गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

संविधानको प्रस्तावनामा पार्टीको घोषणापत्रमा उल्लिखित वाक्यांश समावेश गर्न नहुने विचार पनि सभासद् थापाले व्यक्त गर्नुभयो । मस्यौदाको प्रस्तावनामा ‘समाजवाद’ समावेश गरिएकामा उहाँले त्यसो गर्न नहुने तर्क गर्नुभएको हो ।