काठमाडौं, २१ असार । नेपालमा सोमबार पनि दुई वटा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान र राति गरेर दुई पटक भूकम्पका धक्का महसुस गरिएको हो । आज राति ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक गोल्चे आसपास केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।
यसअघि आजै बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा जुगु आसपास केन्द्रविन्दु भएको ४=३ रिक्टर स्केलको परकम्प गएको थियो । हिजो पनि दुई वटा भूकम्पका धक्का नेपाल केन्द्रविन्दु भएर गएका थिए ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प गइसकेका छन् ।
















प्रतिक्रिया