काठमाडौं, २१ असार । नेपालमा सोमबार राति फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको हो ।
राति ९ बजेर १४ मिनेटमा गएको भूकम्पको धक्का ४ दशमलब ४ रेक्टर स्केलको हो । यसअघि आजै बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा जुगु आसपास केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प गइसकेका छन् ।













प्रतिक्रिया