काठमाडौँ, २१ असार । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश निर्माणको नेतृत्व लिन युवा पुस्तालाई आग्रह गर्नुभएको छ ।
विद्यार्थी सरोकार नेपालले आज यहाँ आयोजना गरेको एकहप्ते प्रस्ताव लेखन तालिम कार्यक्रमको समापन गर्दै उहाँले युवालाई व्यावसायिक क्षेत्रमा क्रियाशील हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारतीले युवालाई गरिखान सक्ने बनाउन र समाजका लागि समेत योगदान पुग्ने अपेक्षासहित प्रस्ताव लेखन तालिममा सहयोग गरिएको बताउनुभयो ।
विद्यार्थी सरोकार नेपालका अध्यक्ष यशु लामाले विद्यार्थीको क्षमता विकासमार्फत समाजिक रुपान्तरण र विकासमा सहयोग पु¥याउने उद्देश्यसहित प्रस्ताव लेखन तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । तालिममा २५ युवाको सहभागिता थियो । रासस















प्रतिक्रिया