७ कार्तिक २०८३, शनिबार

अनुसन्धान अधिकृतमा जागिर लगाइदिने प्रलोभनमा आफ्नै भाञ्जा ठग्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-khanalकाठमाडौं, २१ असार । जागिरको प्रलोभन देखाएर आफ्नै भाञ्जालाई ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आफ्नै भान्जालाई अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर कुसुन्ती–३ बस्ने सिन्धुपाल्चोक थकनी गाविस–३ का ३३ वर्षीय गणेशबहादुर खनाललाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बस्ने ३० वर्षीय रामेश्वर चौलागाईलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भनि विभिन्न प्रलोभन देखाई नातामा मामा पर्ने खनालले चौलागाईबाट १६ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

खनाललाई अनुसन्धान एवं कारवाहीकालागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।