७ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरीद्धारा ३ लाख ३० हजार बराबरको चल्ला बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Challa (1)– विवेक विश्वकर्मा
भैरहवा, २१ असार । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले अबैध रुपमा नेपाल भित्राउदै गरेको लाखौ मूल्यको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ ।

Challa (2)

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी कमल प्रसाद तिमिल्सीनाको नेतृत्वमा खटिएको गस्तीे टोलीले पटखौली र धकधई गाविसको बीच रहेको रामनगरबाट ४६ कार्टुन चल्ला बरामद गरेको हो ।

बरामद चल्लाको बजार मूल्य नेपालमा ३ लाख ३० हजार ७ सय ५० रुपैया रहेको छ । चल्ला पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरि बहादुर कुवंर, सञ्चारकर्मीहरु तथा स्थानियहरुको रोहबरमा नष्ट गरिएको छ ।