रौतहट, २१ असार । रौतहटमा एक महिलाको निर्मतापूर्वक हत्या भएको छ ।
प्रहरीका अनुसार पचरुखी–२ छतवना टोल बस्ने २६ बर्षीया रन्जु देवी ठाकुर आइतबार आफ्नै घरको बेडमा घोप्टो परी मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
ठाकुरको शव माथि पहेलो कपडाले ढाकिएको र घाँटीमा धारिलो हतियारले काटेको चोट समेत रहेको छ ।
ठाकुरको घर परिवारका कुनै पनि सदस्य घरमा फेला नपरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया