कञ्चनपुर, २१ असार । सर्पको टोकाइबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।
दैजी–६ बस्ने दिपक टमाटाको ३ बर्षीय छोरा शुसान्त टमाटाको सर्पले टोकेर मृत्यु भएको छ । गएराति सर्पले टोकेर असक्त भएका टमाटालाई महाकाली अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।















प्रतिक्रिया