बारा, २१ असार । भाईले कुट्दा बारामा एक जनाको ज्यान गएको छ ।
आफ्नै भाईको कुटपिटबाट पिप्राई–८ बस्ने ५० बर्षीय राम आश्रय राय यादवको मृत्यु भएको छ । उनलाई आइतबार आफ्नै ४५ बर्षीय भाई रामनिवास राय यादवले जग्गाको बिषयमा कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
फरार रामनिवासको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया