७ कार्तिक २०८३, शनिबार

पोखरामा डाक्टरलाई प्रेमिकाले धोका दिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

animesh1पोखरा, २० असार । घरबाट हाम फालेर आत्महत्या गरेका पोखरा मणिपााल शिक्षण अस्पतालका इन्टर्न डाक्टर अनिमेश ठाकुरले प्रेमीकाबाट धोका पाएपछि यस्तो निर्णय लिएको खुल्न आएको छ ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका डाक्टर अनिमेशलाई प्रेमिकाले धोका दिएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले शनिवार राति पोखरा स्थित फलवारीको एक घरबाट हाम फालेर आत्महत्या गरेका थिए ।

काठमाडौं घर भइ मणिपालमै इन्र्टनसिप गर्दै आएकी एक चिकित्सक युवतीसँग ठाकुरको प्रेम सम्बन्ध रहेको थियो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रेमिकाले अहिलेसम्म जे भएपनि अब आआफ्नो बाटो गरौँ भनेपछि केहीदिनदेखि डाक्टर ठाकुर तनावमा रहेको र शनिवार राति मदिरा पिएर आत्महत्या गरेको प्रहरीले पत्ता लगाएको छ ।

तीन वर्षदेखि सम्बन्धमा रहेका ठाकुर बेला बखत प्रेमिकाको कोठामा बस्न गैइरहने उनका साथीले बताएका छन् । उनको आफन्तले भने मृत्यु शकास्पद भन्दै छानविनको माग गरेका छन् ।