दोलखा, २० असार । दोलखामा एक महिलाले आत्महत्या गरेकी छिन् ।
काभ्रे गाबिस–८ बस्ने ४२ वर्षीया सावित्री दाहाल जस्ताको टहराको बाँसको बलोमा पटुकाको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी प्रारम्भिक अनुसन्धानमा उनले भूकम्पमा घरपरिवार गुमाएको पीडामा आत्महत्या गरेको देखिएको छ ।















प्रतिक्रिया