७ कार्तिक २०८३, शनिबार

असुरक्षित विद्यालयमा पढाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwa_Dhaibung vdc 9 School

रसुवा, २० असार । विनाशकारी भूकम्पबाट भौतिक संरचनामा क्षति पुगेको विद्यालयहरुको पूर्वाधार निर्माणको विकल्प अभावले रसुवाको असुरक्षित विद्यालयमा अध्यापन भईरहेको छ ।

जिल्ला शिक्षा कार्यालय तथा अन्य गैरसरकारी संस्थाहरुले उपलब्ध गराएको अस्थायी सिकाई केन्द्रले अपुग भएपछि असुरक्षित कोठामा राखेर विद्यार्थीहरुलाई अद्यापन गराउनु परेको हो । रसुवाको धैबुङ्ग गाविस स्थित झ्याङलाङ प्राविको भवन जीर्ण छ । असुरक्षित भन्दै लेखिएको भवनमा पनि विद्यार्थी राखेर पढाउन बाध्य भएको हो ।

विद्यालयको सवै भवन भत्केका छन् । असुरक्षित लेखिएको भवनमा पनि पढाई भएको छ । जिल्ला शिक्षाले एक टेन्ट उपलब्ध गराएको भएपनि त्यहाँ विद्यार्थीहरु असुरक्षित भनिएको विद्यालयमा पढ्न बाध्य छन् ।

यसरी झ्याङ्लाङ प्रावि धैबुङ्ग गाविस–९, गत्लाङ गाविसको नेपाल राष्ट्रिय माविमा पनि अस्थायी सिकाई केन्द्र अभावले असुरक्षित विद्यालय भवनमा पढाई भईरहेको स्थानीय घुम्ती नागरिक सहायता कक्षका जीवन लामाले बताए ।

‘न्याफले एक अस्थायी सिकाई केन्द्र निर्माण गरिदिने भनेपनि अन्यत्रबाट आएन असुरक्षित लेखिएको भवनमा भत्काएर के गर्ने झ्याङलाङ प्राविका शिक्षक गगनराज देवकोटाले भने । ’